Sunday, July 26

काठमाडौंमा ४३ सहित उपत्यकामा थपिए ५१ कोरोना संक्रमित

नेपाल अखबार, काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१ जनामा कोरोना संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४३ सहित ललितपुरका ३ तथा भक्तपुरका ५ जनामा कोरोना संक्रमण भेटिएको हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भक्तपुरका १ जना, काठमाडौंका ८ जनामा कोरोना पुष्टि भएको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु प्रयोगशालामा काठमाडौंका १७ जनामा, पाटन अस्पताल प्रयोगशाला ललितपुरमा काठमाडौंका ५ जना, ललितपुरका २ जना, भक्तपुरका ४ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै वीर अस्पताल प्रयोगशाला काठमाडौंका २ जना, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज प्रयोगशालामा काठमाडौंका १ जना, नेपाल प्रहरी अस्पताल प्रयोगशालामा काठमाडौंका २ जना,  स्टार अस्पताल प्रयोगशाला सानेपामा काठमाडौंका ५ जना र ललितपुरका १ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै वीरेन्द्र अस्पताल छाउनीमा काठमाडौंका ३ जनामा कोरोना पुष्टि भएको हो।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *