Saturday, July 25

भारतमा दैनिक ५० हजारको दरले कोरोना संक्रमित थपिँदै

नेपाल अखबार, एजेन्सि। भारतमा दैनिक ५० हजारको दरले कोरोना संक्रमित थपिँदै गएका छन्।

Advertisement
गएको २४ घण्टामा मात्र भारतमा ५२ हजार ५० जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ।
भारतमा लगातार छैठौं दिनपनि ५० हजारभन्दा बढी कोरोना संक्रमित भेटिएका हुन्।
यससँगै यहाँ कुल सङ्क्रमितको संख्या १८ लाख ५५ हजार ७४६ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ।
भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ८०३ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या ३८ हजार ९३८ जना पुगेको छ।
सरकारी अधिकारीका अनुसार भारतमा कोरोना भाइरस सङ्क्रमितमध्ये बाह्र लाख ३० हजार ५१० व्यक्ति निको भएर फर्किएका छन्। हाल भारतमा पाँच लाख ८६ हजार २९८ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका छन्। रासस/एएनआई

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *