Friday, July 10

बिहानैदेखि वर्षा, बाढी/पहिरोबाट जाेगिन भन्दै ‘अलर्ट’ जारी

नेपाल अखबार, काठमाडाैं। पछिल्लो तीन घण्टायता पश्चिमका ६ जिल्लाका केही स्थानमा मध्यमदेखि भारीसम्म वर्षा भइरहेकाले स्थानीय बासिन्दालाई सतर्क रहन जल तथा मौसम विज्ञान विभागले सुझाव दिएको छ।
विभागका अनुसार कालीकोट, दैलेख, जाजरकोट, अछाम, डोटी र कैलालीका केही स्थानमा पछिल्लो तीन घण्टा मध्यमदेखि भारीसम्म वर्षा भइरहेको हो।
जसका कारण स्थानीय नदी तथा खोलामा बाढी आउने तथा भिरालो जमिनमा पहिरो जाने जोखिम देखिएको भन्दै विभागले ‘अलर्ट’ जारी गरेको छ। अहिले बिहान १० बजेसम्मै सतर्क रहन आग्रह गरिएको छ।

Advertisement

यस्तै यसअघि (बिहान २ः३० बजे) जारी सूचनामा लमजुङ, गोरखा, कास्की, स्याङ्जा, तनहुँ, म्याग्दी र धादिङ आसपासका जिल्लामा पछिल्लो ३ घण्टा भारी वर्षा भएकाले उक्त क्षेत्र भएर बहने नदी, साना खोलामा बाढी आउन सक्ने र भिरालो तथा कमजोर जमिनमा पहिरो जान सक्ने भएकाले बिहान १० बजेसम्मै सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *