Monday, April 20

आजको मौसम पूर्वानुमान, चट्याङ्गसहित वर्षाको सम्भावना

नेपाल अखबार, पाेखरा। जल तथा मौसम विज्ञान विभागले शुक्रबारको मौसम पूर्वानुमान जारी गर्दै मनसुनी न्युन चापीय रेखा हाल नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ ।

मौसम विज्ञान विभागका देशभर आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशमा एक वा दुई स्थानहरूमा हल्का बर्षा भइरहेको छ।
मौसम विज्ञान विभागले दिउँसो देशभर सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
यसैगरी, राति देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन,चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेश का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *