Sunday, April 19

हात्तीको आक्रमणबाट घरमुलीको मृत्यु, दुई जना भागेर जोगिए

नेपाल अखबार, झापा।  जंगली हात्तीको आक्रमणबाट झापाको कमल गाउँपालिकामा गए राति एक जनाको मृत्यु भएको छ।
कमल गाउँपालिका-५ स्थित टुक्रेका ५८ वर्षीय रोहित रेग्मीको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक भवनबाबु खड्काले जानकारी दिए।
राति करिब २ बजेतिर नजिकैको रतुवा माई जंगलबाट आएका दुई हात्तीले घरभित्र सुतिरहेको बेला रेग्मीलाई आक्रमण गरेको हो। उनी परिवारसहित बस्दै आएका थिए।
छाप्रामा एक्कासी हात्तीले आक्रमण गरेपछि ज्यान बचाउन भागेका रेग्मीलाई हात्तीले लखेटेर मारेको अवस्थामा शव भेटिएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए। रेग्मीका श्रीमती र नातिनीले भने भागेर ज्यान जोगाएक छन्।
सशस्त्र प्रहरीको जग्गामा छाप्रो बनाएर बसोबास गर्दै आएका रेग्मीलाई छाप्रोबाट केही पर हात्तीले कुल्चिएर मारेको पाइएको छ।
रेग्मीलाई आत्रमण गर्ने हात्तीलाई राति नै स्थानीयवासीले जंगलतर्फ धपाएका कमल-५ का वडाध्यक्ष डम्बरबहादुर निरौलाले बताए। रासस

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *