Wednesday, October 29

रुपन्देहीमा कार दुर्घटनामा तीन जनाकाे मृत्यु

नेपाल अखबार, बुटवल । गएराति रुपन्देहीका भएको कार दुर्घटनामा मृत्यु हुने सवैको सनाखन भएको छ ।
रुपन्देही रोहिणी गाउँपालिका वार्ड नं ४ छिपागढस्थित हुलाकी सडकमा परासीवाट भैरहवातर्फ आउदै गरेको लु.२ च.६७५६ नं.को कार अनियन्त्रत दुर्घटनमा हुदाँ  तीन जनाको मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीकाका अनुसार  मृत्यु हुनेमा  रुपन्देही सिद्धार्थनगर नगरपालिका वार्ड नं.४ बस्ने बर्ष २७ को देबेन्द्र चौधरी ,रुपन्देही कोटहीमाई गाउँपालिका वार्ड नं.३ मर्यादपुर बस्ने बर्ष २८ को नौसाद दर्जी  र नवलपरासी रामग्राम नगरपालिका वार्ड नं.१ २ पथगावा बस्ने बर्ष १२ को प्रदिप ठाकुर  रहेका छन् ।

Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *