Tuesday, April 21

केरला विमान दुर्घटनामा मृतकको संख्या १८ पुग्यो, विमान दुई टुक्रा भएको थियो

नेपाल अखबबार, एजेन्सि। भारतको केरला राज्यमा शुक्रबार भएको विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ।

दुई टुक्रा हुनेगरी एयर इन्डिया एक्सप्रेसको एउटा यात्रुवाहक विमान दुर्घटनामा परेको भारतीय संचारमाध्मयले जनाएका छन्।
संयुक्त अरब इमिरेट्सको दुबईबाट भारतीय नागरिकहरूलाई लिएर आएको उक्त विमान क्यालिटकमा शुक्रवार साँझ अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको थियो।
विमानमा चालक दलका छ सदस्य र १८४ यात्रुहरू थिए। उक्त बोइङ ७३७ विमान धावनमार्गमा चिप्लिएपछि दुर्घटनामा परेको उड्डयन अधिकारीहरूले बताएका छन्।

दुर्घटना हुँदा विमानस्थल भएको क्षेत्रमा वर्षा भइरहेको थियो।
वर्षाका कारण विमान चालकहरूले अवतरण गर्ने पहिलो प्रयास स्थगित गरेका थिए। दोस्रो पटक अवतरण गर्ने प्रयास गर्दा स्थानीय समयानुसार साँझ ७ः४० मा दुर्घटना भएको थियो।
दुर्घटनापछि दुई टुक्रा भए पनि विमानमा आगो लागेको थिएन। एजेन्सी

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *