नेपाल अखबार, मोरङ । मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १६ दरैयाबाट शनिबार सशस्त्र प्रहरीको टोलीले करीब २३ लाख ७१ हजार रुपैयाँ बराबरको दुई सय ६७ ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही महानगरपालिका १७ बस्ने ५५ बर्षिय शेमपेन गुप्ता छन् ।
उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बख्रीबाट खटिएको एपीएफ टोलीले उल्लेखित सुनसहित पक्राउ गरेको हो ।
साईकलमा दुध बोकी हिँडिरहेको अवस्थामा शंका लागि एपीएफ टोलीले जाँच गर्दा उनको साथमा उल्लेखित सुन फेला परेपछि पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्रको टोलीले गुप्ताको साथबाट पाँच हजार रुपैयाँ र एउटा मोबाईल सेट समेत बरामद गरेको छ ।

