Tuesday, April 21

वीरगञ्जमा उपचार नपाएर मर्ने क्रम बढेको भन्दै प्रदर्शन

इरफान अली ,वीरगंज। वीरगंजका विभिन्न आधा दर्जन भन्दा बढी अस्पतालहरुमा उपचार नपाएर अकालमै ज्यान गुमाएकी २२ वर्षिया युवतीका परिवारजनले बीरगन्जस्थित नारायणी अस्पतालमा प्रदर्शन गरेका छन् ।
युवतीको स्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि शुक्रबार राति अस्पताल चहार्दा चहार्दै उनको मृत्यु भएको आफन्तले जनाएका छन।

उपचार नपाएर निधन भएकी युवतीका परिवारजनले यहाँका अस्पतालले बिरामीको हत्या गरेको आरोप लगाएका छन् । अस्पताल आएका बिरामीका आफन्तजनले नारायणी अस्पतालमा ढुंगामुढा गर्दै प्रदर्शन गरेका हुन् ।
ढुंगामुढाका कारण नारायणी अस्पतालमा पार्किंग गरि राखिएको एक चिकित्सकको गाडिमा समेत क्षती पुगेको छ । क्षति पुर्याउने एक जना युवकलाई प्रहरीले हिरासतमा समेत लिएको छ ।

अस्पतालमा भर्ना लिईरहेको भनेर प्रचार गर्ने र वास्तविक्तामा सिकिस्त बिरामीलाई फर्काउने अवस्थालाई तुरुन्त सुधार गर्नुपर्ने माग राख्दै प्रर्दशन गरिएको हो । हाल प्रर्दशनकारीहरुलाई प्रहरीेले घटनास्थलबाट लखेटेको स्थिति सामान्य रहेको छ ।
पछिल्लो समय निजी तथा सामुदायिक अस्पतालले उपचार गर्न नमान्दा एक सातामा बीरगन्जमा ५ जनाको ज्यान गएको छ ।

 

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *