Wednesday, April 22

नुवाकोटका बिभिन्न स्थानमा पहिरो, घर र पुल जोखिममा

नेपाल अखबार, नुवाकोट। अविरल वर्षासँगै आएको बाढीले नुवाकोटका विभिन्न स्थानमा क्षति पुर्याएको छ ।
विदुर नगरपालिकाको वडा नम्वर ६ स्थित खहरे खोलामा आएको बाढीले कृषि सडकको पुल जोखिममा पारेको छ । बाढीले पुलसँगैका घरहरुमा पनि जोखिम बढाएको स्थानीय प्रशान्त अर्यालले जानकारी दिए ।
बाढी पस्दा स्थानीयको खेत बगाएको छ भने चार घर जोखिममा परेका छन् । कृषि सडककै द्वारेखोलामा पहिरो जाँदा सवारी आवागमन ठप्प भएको छ ।
यस्तै विदुर नगरपालिकाको वडा नम्वर ३ र ६ को चैनपुरमा पनि पहिरोले तीन घर जोखिममा परेका छन् । पहिरोले घर जोखिममा परेपछि स्थानीयले घरभित्रका सामान सुरक्षित स्थानमा सारेका छन् ।
पहिरोले विदुर नगरपालिकाको वडा नम्वर–३ का विभिन्न गाउँ र तारकेश्वर गाउँपालिकाको तल्लो क्षेत्रको सवारी सम्पर्क विच्छेद भएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *