Tuesday, April 21

कोरोना संक्रमण र मृत्यु : अमेरिका र ब्राजिललाई पनि भारतले उछिन्यो

नेपाल अखबार, एजेन्सि। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण विश्वमै सबैभन्दा धेरैको मृत्यु भारतमा भएको छ। संक्रमणमा पनि भारतले विश्वका सबै देशलाई उछिनेको छ।
संक्रमण र मृत्युदर उच्च रहेका अमेरिका र ब्राजिलमा भन्दा पनि पछिल्लो २४ घण्टामा भारतमा कोरोनाको कारण धेरैको मृत्यु भएको वर्ल्डओमिटरमा उल्लेख छ।
पछिल्लो २४ घण्टामा संक्रमणको कारण भारतमा एक हजार १३ जनाले ज्यान गुमाएका छन्। ६२ हजार एक सय १७ जनामा संक्रमण पुष्टि भएको छ।
यसबीचमा भारतपछि मेक्सिकोमा धेरैले ज्यान गुमाएका छन्। मेक्सिकोमा ६ सय ९५, ब्राजिलमा पाँच सय ९३, अमेरिकामा पाँच सय २५ जनाले ज्यान गुमाएका छन्।
अमेरिकामा ४७ हजार आठ सय २०, ब्राजिलमा २२ हजार दुई सय १३, मेक्सिकोमा साढे ६ हजारमा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा विश्वभर चार हजार सात सय ८३ जनाको कोरोना संक्रमणको कारण ज्यान गएको छ भने दुई लाख १९ हजार भन्दा धेरैमा संक्रमण देखिएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *