Tuesday, April 21

२वटा वडा सिल गर्न महानगरपालिकाको जिल्ला प्रशासन कार्यालयलाई आग्रह

नेपाल अखबार, पोखरा । कोरोना भाइरसको संक्रमणबाट पोखरा १९ का १ जना को ज्यान गए पछि पोखरा महानगरपालिकाले जिल्ला प्रशासन कार्यालय कास्कीलाई महानगरपालिकाको वडा नम्बर १६ र १९ सिल गर्न सिफारिस गरेको छ ।

‘पोखरा १६ दिपचोकदेखि पोखरा १९ को लामाचौर हुँदै भुनपुरेसम्मको मुख्य सडकको वरपरको क्षेत्र, भक्तिपथ, सहरडहर, भण्डारी डहर लगायतका ठाउँमा पूर्ण रोक लगाउन माग गरिएकाे छ ।’ महानगरपालिकाका मेयर मानबहादुर जिसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएका छन् , ‘उपल्लो लामाचौर, चनौटे मार्ग, गेरीखोर, ढाड, एल एन्जल स्कुल, (साविक लामाचौर १ देखि ६) लाई कम्तीमा १ हप्ताका लागि सिलबन्दी गरी आवतजावतमा पूर्ण रुपले रोक लगाउन कडा कार्यालय १६ र १९ मार्फत अनुरोध भए आएकाले माग बमोजिमको व्यवस्था हुनका लागि अनुरोध गरिन्छ ।’

साथै पोखरा १९ लामाचौरका ६२ वर्षीय १ जना पुरुषको कोरोना भाइरस संक्रमणबाट ज्यान गइसकेको र अन्य ६ जना आइसोलेसन कक्षमा रहेको अवस्थामा वडा नम्बर १९ को वडा कार्यालयबाट हुने अत्यावश्वक बाहेकका अन्य कुनै काम नर्गन समेत  पाेखरा महानगरपालिकाले आग्रह गरेको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *