Sunday, April 19

काठमाडौं उपत्यकामा ४४ जनामा कोरोना संक्रमण

नेपाल अखबार, काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार ४४ जनामा कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले जनाएको छ ।
सोमबार देशभरमा भने ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले  काठमाडौंका संक्रमित कहाँका हुन् भन्ने खुलाएको छैन ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *