Friday, September 18

ह्वाइट हाउस बाहिर गोली चल्यो

नेपाल अखबार, एजेन्सि । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि गोली चलेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार भेटघाट गरिरहेको बेला गोली चलेको हो । गोली चलेको खबर पाएपछि केहीबेर पत्रकार भेटघाट कार्यक्रम प्रभावित भएको थियो ।
पत्रकार भेटघाटको क्रममा सुरक्षाकर्मीले ट्रम्पलाई केही भनेपछि उनी कार्यक्रम छाडेर भित्र अर्को कोठामा गएका थिए । करिब नौ मिनेटपछि राष्ट्रपति ट्रम्प बाहिर आए र पत्रकारहरुलाई गोली चलेको जानकारी दिए । उनले भने, ‘लाग्छ स्थिति नियन्त्रणमा छ ।’
ट्रम्पले पत्रकारहरुलाई दिएको जानकारीअनुसार अमेरिकी सेक्रेट सर्भिसका व्यक्तिहरुले एक हतियारधारी संदिग्ध व्यक्तिमाथि गोली चलाएका छन् । घाइतेलाई अस्पताल लगिएको छ ।
ट्रम्पका अनुसार ह्वाइट हाउस बाहिर फेन्सिङ्ग भएको स्थानमा गोली चलेको थियो । त्यो स्थानबाट वित्तमन्त्री र अर्का एक अधिकारीलाई त्यहाँबाट सुरक्षित स्थानमा लगिएको थियो ।
ट्रम्पले यो घटनालाई असामान्य स्थिति भनेका छन् । सेक्रेट सर्भिसका व्यक्तिहरुको ट्रम्पले प्रशंसा पनि गरे । ट्रम्पले भने, ‘ह्वाइट हाउसको बाहिर गोली चलेको थियो । लाग्छ, स्थिति पूरै नियन्त्रणमा छ । साच्चै गोली नै चलेको थियो र कसैलाई अस्पताल लगिएको छ । मलाई त्यो व्यक्तिको अवस्थाबारे जानकारी छैन ।’
ट्रम्पले कोही व्यक्ति गलत उद्देश्यसहित आएको थियो या थिएन भन्ने जानकारी आफूलाई नभएको बताए । उनले यो घटनालाई दुर्भाग्यपूर्ण भन्दै अगाडि थपे, ‘दुनिया सधैं एक खतरनाक स्थानमा रहिरहेको छ, यो कुनै अनौठो कुरा होइन ।’
यो घटनापछि ट्रम्पलाई प्रेस ब्रिफिङ रुमबाट बाहिर निकालेर उनको निवासमा कडा सुरक्षाका साथ लगिएको थियो ।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *