Tuesday, April 21

पोखरामा थप २ जनामा कोरोना पुष्टि

नेपाल अखबार, पोखरा । पोखराका २ जनामा कोरोना भाइरस  पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार बिहान  पोखरा–६  का  २३ वर्षीय  पुरुष र पोखरा-१६ ९ का ५४ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको जनाएको हो ।
संक्रमितलाई आइसोलेसनमा राखिसकिएको निर्देशनालयले जनाएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ५० पुगेको छ ।  प्रदेशमा संक्रमण मुक्त हुनेको संख्या १ हजार ४ सय ९३ पुगेको जनाइएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *