Saturday, April 18

धनगढीमा रहेकाे सीमा प्रहरी चौकीभित्रै मृत फेला

नेपाल अखबार, कैलाली । धनगढी उपमहानगरपालिका फुलबारीमा रहेको सीमा प्रहरी चौकी बौलियामा १ जनाको मुत्यु भएको छ । मृत्यु हुनेमा १४ फुलबारीका अन्दाजी वर्ष ४६ का अमरबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले  जानकारी दिए ।  उनलाई मदिरा सेवन गरि बन्चरो र हसिया लिएर गाउँलेलाई तर्साउने गरेको सूचनाको आधारमा पक्राउ गरि प्रहरी चौकी बौलियामा ल्याएको विष्टले बताए  ।
आज दिउँसो १२ः४० बजे पिसाब फेर्न जाने भन्दै टवाईलेट गएका उनलाई मृत भेटिएको उनले बताए । उनको साथमा बिलेट भेटिएको र  मुखबाट रगत आइरहेको समेत उनले बताए । आजै उनलाई पोस्टमार्टमका लागी सेति प्रादेशिक अस्पतालमा लगिएको विष्टको भनाई छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *