Saturday, July 25

पोखरामा १७ जुवाडे पक्राउ, जुवाखालबाट एक लाख भन्दा बढि रकम सहित

नेपाल अखबार, पाेखरापोखरामा जुवा खेल्दै गरेको अवस्थामा १७ जना जुवाखालबाट एक लाख भन्दा बढि रकम सहित पक्राउ      परेका छन् ।
पोखरा -१० मिलनटोलस्थित एक घरबाट प्रहरीले जुवा खेल्दै खेलाउँदै गरेको अवस्थामा १७ जनालाई १ लाख २हजार ४सय नव्वे नगद सहित पक्राउ गरेको हो । उक्त स्थानबाट प्रहरीले २ सय २४ पत्ती, एउटा हरियो कम्बल र एउटा गलैंचा पनि बरामद गरेको उल्लेख गरेको छ ।
प्रहरीका अनुसार घटनामा पक्राउ पर्नेमा ८ पुरुष र ९ महिला रहेका छन् । पक्राउ परेकाहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा,
सुविधा र नैतिकताविरुद्धको कसुर (जुवा) अन्तर्गत अदालतबाट ७ दिन म्याद थप गरि अनुसन्धान गरिरहेको पनि प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *