Sunday, April 19

नेविसंघको माग पक्राउ परेका विद्यार्थी नेताहरुकाे रिहा

नेपाल अखबार, काठमाडौं । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयबाट पक्राउ परेका विद्यार्थीहरुलाई तत्काल रिहा गर्न माग गरेको छ । नेविसंघका अध्यक्ष राजीव ढुंगानाले शुक्रबार बिहान प्रेस विज्ञप्ति जारी गरी साउन २७ गते विश्वविद्यालय परिसरबाट पक्राउ गरेका विद्यार्थीहरुलाई तत्काल रिहा गर्न माग गरेका हुन् ।
प्रहरीले साउन २७ गते विश्वविद्यालयमा तोडफोड गरेको आरोप लगाउँदै विद्यार्थी नेताहरु सम्झना खत्री, श्यामराज ओझा, हरि जोशी, विष्णु पौडेल, गणेश थानी, रमेश कुँवरलगायत आठ जनालाई पक्राउ गरेको थियो । त्रिभुवन विश्वविद्यालयका उपकुलपति र प्रहरीका केही अधिकारीले संघका कार्यकर्तालाई झुठो मुद्दा लगाएर फसाउन खोजेको संघले आरोप छ ।
सत्ताको आडमा झुठा मुद्दा लगाएर संघका विद्यार्थीलाई फसाइएको अध्यक्ष राजीव ढुङ्गानाले बताए। त्रिविमा धर्मकान्त बाँस्कोटा उपकुलपति बनेपछि प्राज्ञिक थलोलाई नेकपा कार्यकर्ताको भर्तिकेन्द्र बनाएको संघले आरोप लगाएको छ।
यस्तै कोरोना प्रभावितलाई उचित स्वास्थ्य सेवा तथा मृत्यु भएकालाई क्षतिपूर्तिको माग गर्नेलाई वीरगञ्जमा पक्राउ गरिएको घटनाको संघले आपत्ति जनाएको छ।  साउन २६ मा विरोध प्रर्दशनमा उत्रेका नेविसंघ संघका कार्यकर्तालाई पक्राउ परेका थिए।
रिहा भएका विकाश तिवारीलाई बुधबार पुनः प्रहरीले पक्राउ गरेको थियो। तिवारीलाई रिहा गर्न संघले माग गरेको छ। नेविसंघका महामन्त्री दीपक भट्टराईले शान्तिपूर्ण आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि झुटा मुद्दा लगाउने विश्वविद्यालयका उपकुलपतिलाई नछाड्ने चेतावनी दिए ।
उनले केही प्रहरी अधिकारीबाट नियतवश विद्यार्थीहरुलाई दुःख दिने काम भएको भन्दै यसको हिसाब नेविसंघले राखेकोबताए । यस्तै सत्ताको तावेदारी गर्दै विद्यार्थी नेताहरुलाई झुठा मुद्दामा फसाउन खोज्नेहरुलाई होसियार हुन महामन्त्री बलदेव तिमिल्सिनाको चेतावनी छ ।
त्रिवीमा व्यप्त विकृति, विसंगती र राजनैतीक भागबन्डा को अन्त गर्न र पोखरा विश्व विद्यालय र अन्य विश्व बिद्यालयमा तत्काल पदाधिकारी नियुक्त उनको माग छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *