प्रदेश ७समाचारस्वास्थ्य

सुदूरपश्चिम प्रदेशमा सक्रिय संक्रमितको संख्या ६ सय १६ पुग्यो

नेपाल अखबार, कैलाली ।  सुदूरपश्चिम प्रदेशमा कोरोना सक्रिय संक्रमितको संख्या ६ सय १६ पुगेको छ ।
शनिबार गरिएको परिक्षणबाट थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमितको संख्या ६ सय  १६ पुगेको हो ।
सेती प्रादेशिक अस्पताल धनगढीबाट १३ , डडेल्धुरा अस्पतालको प्रयोगशालाबाट,  २  जनामा संक्रमण पुष्टि भएको स्वास्थय निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ ।
कैलालीका ४ पुरुष, ५ महिला, कंचनपुरका २ पुरुष, २ महिला, बझाङ्ग १ पुरुष र  डडेल्धुराका १ महिलामा सक्रमण पुष्टि भएको निर्देशनालय ले जनाएको हो ।
यसअघि नै  ४ हजार २०२ जना निको भएर घर गइसकेका छन् भने ११ जना संक्रमितको मृत्यु भइसकेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले रातोपाटीलाई जानकारी दिए ।
प्रदेशमा हालसम्म ४४ हजार ६८१ जनाको पीसीआर बिधिबाट जाँच गरिएको र ३९ हजार ८५२ मा नेगेटिभ आएको उनले बताए ।  २ हजार २३३ को रिपोर्ट आउन बाँकी रहेको छ ।
आरडिटी बिधिबाट १ लाख २४ हजार ६९० जनामा परिक्षण गरिएको छ ।
हाल सम्म फेला परेका संक्रमितहरु अछामका ७२४, बैतडीका ३२४, बझाङ्गका २८५ ,बाजुरा ४५२, डडेल्धुराका ३०५, दार्चुलाका ४३, डोटीका ७४३ , कैलालीका १३५८ र कंचनपुरका ५९५ गरि ४ हजार ८२९ रहेका छन । जस्मा महिला १ हजार १८४ , पुरुष ३ हजार ६४५ रहेका छन । क्वारेन्टिाईनमा २ हजार ४७७ पुरुष र १ हजार २९ महिला रहेका छन । प्रदेशका बिभिन्न आईसोलेसनमा शंकास्पद १४ र संक्रमित ६० गरी ७४ जनाको उपचार भइरहेको छ ।
१ हजार १४ जना भने सामान्य उपचार पछि घर गइसकेका छन् । सेती प्रादेशिक अस्पतालमा ७,  टिकापुर ३४ , महाकाली ४, अछाम १०, डोटी २,  डडेल्धुरा १ र मालाखेती अस्पतालमा २ जनाको  उपचार भई रहेको उनले बताए ।
बाँकी को भने ९ वटै जिल्लाको आईसोलेसनमा उपचार भइरहेको  स्वास्थ्य महाशाखा प्रमुख कार्कीको भनाइ छ ।

the authoradmin

Leave a Reply