Tuesday, April 21

बागलुङमा दुई जनप्रतिनिधिमा कोरोना संक्रमण

नेपाल अखबार, बागलुङ। बागलुङका एक वडाध्यक्षसहित दुई जना जनप्रतिनिधिमा  कोरोना  संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौका अनुसार २८ गते स्वाब दिएका उनीहरुमा शनिबार कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरुलाई हाल धौलागिरि अस्पतालको आइसोलेसनमा  राखिएको छ । संक्रमित वडाध्यक्ष गाउँपालिकाको क्वारेन्टिन व्यवस्थापनमा खटिएको र अर्का जनप्रतिनिधि पछिल्लो समय चितवन, काठमाडौं, पोखरालगायतका ठाउँ पुगेको पाइएको जिल्ला स्वास्थ्य प्रमुख गुरौले जानकारी दिए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *