समाचारस्वास्थ्य

नेपालमा एकैदिन थप ६ सय ४१ जनामा कोरोना पुष्टि

Nepal Akhabar

नेपाल अखबार, पोखरा । नेपालमा आइतबार थप ६ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा देशभर ६ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ३० पुगेको छ।
यसै गरी पछिल्लो २४ घण्टामा १ सय ३४ जना निको भइ घर फर्किएका छन् । यससँगै १७ हजार ३ सय ३५ जना कोरोनाबाट मुक्त भएका छन्।
नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४ रहेको छ।‍

the authoradmin

Leave a Reply