Saturday, April 18

आज (सोमबार) दिउँसो हल्कादेखि मध्यम सम्म र राति भने भारी वर्षाको सम्भावना

नेपाल अखबार, पाेखरा। आज (सोमबार) दिउँसो हल्कादेखि मध्यमसम्म र राति भने भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार दिउँसो देशभरका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। भारी वर्षाको सम्भावना छैन।
तर राति भने वर्षा अलि बढ्ने सम्भावना छ। हल्कादेखि मध्यसम्मको वर्षा देशका धेरै स्थानमा हुने सम्भावना छ भने कतिपय स्थानमा भारी वर्षासमेत हुने अनुमान गरिएकाे छ।
मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार राति गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र प्रदेश नं १ तथा बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
‘अहिले (सोमबार बिहान) पनि प्रदेश १, २, गण्डकी प्रदेश ५, कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ,’ मौसमविद् कँडेलले बताए , ‘यसबाहेक कतिपय स्थानमा घाम पनि लागेको छ। खासगरी प्रदेश २ र ५ का तराई क्षेत्रमा बढी घाम लागेको छ।’
उनका अनुसार हिजोआज दिउँसो दिउँसो कम पानी पर्ने, घाम पनि लाग्ने र राति अलि बढी, भारी वर्षा हुने क्रम चलिरहेको छ।
महाशाखाले जारी गरेकाे आगामी २४ घण्टा  (मंगलबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्शमा भनिएको छ–
‘देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र प्रदेश नं १ तथा बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएकाले उक्त स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’
मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान जारी गरेको आगामी तीन दिनसम्मको मौसम अनुमान हेर्नुहोस्-
Screenshot 154

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *