Saturday, April 18

पर्साको पोखरियामा मेयर र मेसुसहित ३३ जनामा कोरोना संक्रमण पुष्टि

इरफान अलि,   पर्सा।  पर्साको पोखरिया नगरपालिकाका मेयर र अस्पतालका प्रमुखसहित थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियार र पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) अनिल यादवसहित थप ३३ जनामा आइतबार राति कोरोना संक्रमण पुष्टि भएको हो।
नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायका अनुसार काभ्रेको धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण देखिएको हो।
नगरपालिकाले २६ साउनमा नगर क्षेत्रका ३४ जनाको स्वाब संकलन गरी परीक्षणको लागि पठाएको थियो।
कोरोना संक्रमण समुदायस्तरमै फैलिएपछि पर्सा जिल्ला विगत एक साता अघिदेखि लकडाउनमा छ। त्यसैगरी बारामा आज बिहानदेखि अनिश्चितकालसम्म ‘लकडाउन’ गरिएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *