Saturday, April 18

सिराहामा भदौ १५ गते सम्मका लागि लकडाउनको घोषणा

नेपाल अखबार, सिरहा। जिल्ला प्रशासन कार्यालय सिरहाले भदौ १५ गते सम्मका लागि लकडाउनको घोषणा गरेको छ।
सिरहाको १७ वटै स्थानीय तहमा आइतबार राति १२ बजेदेखि लागू हुने गरी भदौ १५ गते राति १२ बजेसम्मका लागि लकडाउन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताएका छन् ।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित जिल्ला स्तरीय सुरक्षा समितिको सिफारिसमा जिल्लाका १७ वटै स्थानीय तहमा लकडाउन गर्ने निर्णय भएको हो।
प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलका अनुसार सबै स्थानीय तहमा अति आवश्यकीय सेवामा सहजीकरण गरेर लकडाउनलाई कडाइका साथ पालना गर्न गराउन सबै स्थानीय तहलाई अनुरोध गरिएको बताएका छ्न्।
यसअघि सिरहामा २३ गते साउनदेखि २३ साउनसम्म ३२ गतेसम्म र दोस्रो पटक भदौ १ गतेदेखि १५ भदौसम्मका लागि  लकडाउनलाई जारी जारीगरेको सिरहाका  प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताएका छन् ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *