प्रदेश ४समाचारस्वास्थ्य

पोखराका ३ सहित गण्डकी प्रदेशमा थप ६ जनालाई कोरोना पुष्टि

Nepal Akhabar

ने पाल अखबार, पाेखरा। पोखरा महानगरपालिमा थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिका वडा नम्बर ५ का १४ वर्षीय बालक तथा १६ वर्षीय युवतीमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै वडा नम्बर ८ का ४२ वर्षीय १ पुरुषमा समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा तनहुँको भानु नगरपालिकाका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु २८ र ३७ वर्षीय छन् ।

यस्तै स्याङ्जाको गल्याङ नगरपालिकाकी ४० वर्षीय महिलालाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

संक्रमित सबैलाई सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १ हजार ८ सय १८ पुगेको छ ।

the authoradmin

Leave a Reply