विश्वसमाज

क्यालिफोर्नियामा ७२ घण्टामा ११ हजार पटक भन्दा बढी चट्याङ्ग, डढेलोको कहर

Nepal Akhabar

नेपाल अखबार, एजेन्सि। अमेरिकाको क्यालिफोर्नियामा चट्याङ्गका कारण लागेको डढेलोका कारण राज्यका धेरै भागमा क्षति गरिरहेको छ । हालसम्म एक जनाको मृत्यु भएको छ भने धेरै घरहरुमा क्षति पुगेको छ । देशकै सबैभन्दा धेरै कोभिड–१९ का संक्रमित रहेको राज्य यतिबेला डढेलोसँग पनि जुझ्न परिरहेको हो ।
अधिकारीहरुका अनुसार ५ लाखभन्दा बढी एकड जमिनमा डढेलोको कारण क्षति पुगेको छ । यो हप्ता ७२ घण्टाको अन्तरालमा राज्यमा ११ हजार पटकभन्दा चट्याङ परेको थियो । यसले धेरै स्थानमा डढेलोको सुरुवात गरेको सरकारी अधिकारीहरुको भनाइ छ ।
हाल राज्यका विभिन्न  स्थानमा ३६७ वटा डढेलो सक्रिय रहेको जसमध्ये २६ वटालाई गम्भीर भनिएको छ । सान माटेयो र सान्टाक्रुजका ४९ हजार जनालाई सुरक्षितमा स्थानान्तरण गरिएको छ ।

the authoradmin

Leave a Reply