समाचारस्वास्थ्य

पछिल्लो २४ जनामा थप ८३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। पछिल्लो २४ जनामा थप ८३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतम ८३८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै शुक्रबार संक्रमितको संख्या ३० हजार नाघेको छ ।
हालसम्म देशभर कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंमा १८२, ललितपुरमा २५  र भक्तपुरमा १  जनामा संक्रमण पुष्टि भएको पनि गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा २५० जना डिस्चार्ज भएका छन् भने योसँगै निको हुनेको कुल संख्या १८ हजार २१४ पुगेको पनि गौतमले बताए ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १३२ रहेको छ भने देशभर संस्थागत आइसोलेसनमा रहेकाको संख्या ८ हजार ५४६ रहे्को छ । यस्तै होम आइसोलेसनमा ३ हजार ५८६ जना रहेका छन् ।

the authoradmin

Leave a Reply