समाचारस्वास्थ्य

पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु

Nepal Akhabar

नेपाल अखबार, पाेखरा। पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । मृतकमा मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानका १–१ जना गरी ११ जना रहेका छन् । जसमा १ महिला र १० पुरुष रहेका छन् । योसँगै शुक्रबारसम्म कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
यस्तै पछिल्लो २४ जनामा थप ८३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै शुक्रबार संक्रमितको संख्या ३० हजार नाघेको छ । हालसम्म देशभर कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।
गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंमा १८२, ललितपुरमा २५  र भक्तपुरमा १  जनामा संक्रमण पुष्टि भएको पनि गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा २५० जना डिस्चार्ज भएका छन् भने योसँगै निको हुनेको कुल संख्या १८ हजार २१४ पुगेको पनि गौतमले बताए ।

the authoradmin

Leave a Reply