समाचारस्वास्थ्य

सिरहामा प्रहरी र थुनुवा गरी ३० जनामा कोरोना संक्रमण पुष्टि

Nepal Akhabar

नेपाल अखबार, सिरहा ।  सिरहामा प्रहरी र थुनुवा गरी ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २४ देखि ५३ वर्ष उमेरका सबै पुरुष हुन् ।
जिल्ला  स्वास्थ कार्यालय सिरहाकाअनुसार इलाका प्रहरी कार्यालय लहानका ३० जनामा कोरोना पुष्टि भएको हो ।
सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँणेलका अनुसार ईलाका प्रहरी कार्यालय लहानका २२ प्रहरीमा कोरोना पुष्टि भएको छ । यस्तै ८ जना थुनुवामा पनि संक्रमण पुष्टि भएको उनले बताए ।
यसअघि इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपीसहित ५  जना,  इलाका प्रहरी गेालबजारका १० प्रहरीमा कोरोना देखिएको थियो ।
संक्रमित सबै प्रहरी कार्यालयकै आइसोलेसनमा बसेको जिल्ला प्रहरी सिरहाका प्रहरी प्रवक्ता डीएसपी बिनोद घिमिरेले बताए ।

the authoradmin

Leave a Reply