Wednesday, April 29

हेटौँडाकी कोरोना संक्रमित महिलाको भरतपुरमा मृत्यु

नेपाल अखबार, चितवन।  चितवनमा कोरोना भाइरसको सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
भरतपुर-१० स्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौँडा उपमहानगरपालिका-३ निवासी ६५ वर्षीया महिलाको शनिबार साँझ साँढे सातबजे मृत्यु भएको हो।
मृत्युपछि मात्रै ती महिलाको कोरोना रिपोर्ट पोजिटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए।
पुरानो मेडिकल कलेजबाट भदौ १ गते नै उनको स्वाब सङ्कलन गरी परीक्षणका लागि भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला पठाइएको थियो। तर रिपोर्ट नआउँदै महिलाको साँझ मृत्यु भएको पौडेलको भनाई छ।
कलेजोसम्बन्धी उपचारका लागि ती महिलालाई गत साउन ३२ गते पुरानो मेडिकल कलेजमा भर्ना गरिएको थियो। उनको शल्यक्रिया गर्नुअघि भदौ १ गते नै स्वाब सङ्कलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइएको थियो।

सोही अस्पतालमा बिहीबार राति निधन भएका हेटौँडाका ७५ वर्षीय पुरुषको पनि शनिबार बिहान कोरोना सङ्क्रमण पुष्टि भएको थियो। रासस

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *