नेपाल अखबार, पोखरा । कास्कीमा जारी निषेधाज्ञा १२ भदौसम्म थपिएकाे छ । जिल्ला जिल्ला संकट व्यवस्थापन समितिले भदौ २ गतेदेखि जारी निषेधाज्ञा १२ भदौसम्म लम्ब्याउने निर्णय गरेको हो ।
समितिले थप ५ दिनका लागि निशेधाज्ञा लम्ब्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए । निषेधाज्ञामा अत्यावश्यकबाहेक सबै सेवा बन्द हुने छन् भने हिँडडुल गर्न समेत रोक लगाइएको छ ।
Nepal Akhabar > Blog > प्रदेश > प्रदेश ४ > कास्कीमा १२ भदौसम्म थपियाे निषेधाज्ञा