Saturday, August 15

तीन दशकमा पग्लियो पृथ्वीको २८ ट्रिलियन टन बरफ

नेपाल अखबार, एजेन्सि। गएको तीन दशकमा २८ ट्रिलियन टन बरफ पग्लिएको बेलायती वैज्ञानिकहरुले बताएका छन्।
स्याटलाइट सर्वेक्षणमा आधारित सो अध्ययनले बरफ पग्लिने यो क्रम ‘चकित तुल्याउने’ खालको भएको बताएको छ।
लिड्स युनिभर्सिटी, एडिनबरा युनिभर्सिटी र युनिभर्सिटी कलेज लन्डनका वैज्ञानिहरुले संयुक्त रुपमा सो अध्ययन गरेका थिए।
उनीहरुले हिमनदी र बरफ पग्लिनाले यो शताब्दीको अन्त्यमा समुद्र सतह एक मिटरले बढ्ने चेतावनी पनि दिएका छन्।
‘समुद्र सतह एक सेन्टिमिटर बढ्दा करिब १० लाख मानिस विस्थापित हुन्छन्,’ लिड्स युनिभर्सिटीका प्राध्यापक एन्डी सेफर्ड भन्छन्।

Advertisement

हिउँ पग्लिने क्रम बढेपछि सूर्यको विकिरणलाई परावर्तन गर्ने पृथ्वीको क्षमता घट्ने र तापक्रम बढ्ने चेतावनी पनि उनीहरुले दिएका छन्। एजेन्सी

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *