विश्वस्वास्थ्य

भारतमा पछिल्लो २४ घण्टामा ८४८ जनाको मृत्यु

नेपाल अखबार, एजेन्सि । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ५८ हजार नाघेको छ ।
भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण ५८ हजार ३९० जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ८४८ जनाको मृत्यु भएको छ ।
भारतमा संक्रमित हुनेको संख्या ३१ लाख ६७ हजार ३२४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा ६० हजार ९७५ नयाँ संक्रमित फेला परेका हुन् ।
अहिले भारतमा सात लाख चार हजार ३४८ कोरोना भाइरसका संक्रमित निको हुन बाँकी छन् भने २४ लाख चार हजार ५८५ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।
भारतमा पछिल्लो २४ घण्टामा नौ लाख २५ हजार ३८३ नमुनाको कोरोना भाइरसको परीक्षण गरिएको थियो ।
स्रोतः एएनआई

the authoradmin

Leave a Reply