Tuesday, April 21

पोखरामा नगद रु एक लाख ३६ हजार सहित पाँच जना जुवाडे पक्राउ

नेपाल अखबार, पाेखरा। पोखरामा नगद रु एक लाख ३६ हजार सहित पाँच जना जुवाडे पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका–१४ चाउथे खसीबजार बस्ने चन्द्र बहादुर श्रेष्ठको घरमा सोही ठाउँ बस्ने जीतबहादुर कुँबरले संचालन गरेको जित रियलस्टेट एण्ड हाउजिङ प्रा.लि.को कोठामा अबैध रुपमा जुवातास खेल्ने खेलाउने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।
पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका वडा नं.१३ मियापाटन बस्ने बर्ष ४२ का जीवन नेपाली, बाझापाटन बस्ने ३५ वर्षीय ओम बहादुर नेपाली, पोखरा–१० का रामबजार बस्ने बर्ष ५४ को देबिलाल तिमिल्सिना, चितवन भरतपुर महानगरपालिका–२५ घर भई हाल पोखरा–१४ वीपीमार्ग बस्ने बर्ष ४० को कृष्णहरी दवाडी र तनहँु भिमाद नगरपालिका–२ घर भई हाल चाउथे चाउथे बस्ने ४० वर्षीय ओमबहादुर आले रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई जुवा खेलीरहेको अबस्थामा फेलापारी खानतलासी गर्दा नगद सहित ५२ पत्ती तास सहित पक्राउ गरी कानूनी कारवाही अगाडी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *