प्रदेश ४समाचारस्वास्थ्य

पोखरामा थप एकजना कोरोना संक्रमितको मृत्यु

Nepal Akhabar

नेपाल अखबार, पोखरा । पोखरामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । हिजो मात्रै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोरोना अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु भएको थियो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि आजै उपचारको लागि अस्पताल आएका पोखरा १६ का ५२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको हो । मृतक पुरुषमा कोरोनासँगै उच्च रक्तचाप र मधुमेहका समेत समस्या थियो । उपचारका लागि अस्पताल आएका उनको अपराह्न १२ बजेर १५ मिनेट जाँदा भएको अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए ।
पोखरामा कोरोना संक्रमणबाट मृत्यु हुने यो चौथो केस हो । हालसम्म गण्डकीमा कोरोना संक्रमणबाट १० जनाले ज्यान गुमाई सकेका छन् । पछिल्लो अपडेटअनुसार गण्डकीमा कोरोना संक्रमितको कुल संख्या २०२६ पुगेको छ ।
 
the authoradmin

Leave a Reply