नेपाल अखबार, कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागि परिचालन भएको छ ।
शनिबार महाकाली नगरपालिका पुगेको निर्देशनालयको टोलीले मृतकका आफन्त र बिरामीको रगतको नमूना संकलन गरी जाँचका लागि काठमाडौंस्थित प्रयोगशाला पठाएको छ ।
Nepal Akhabar > Blog > प्रदेश > प्रदेश ७ > उच्च ज्वरोबारे अनुसन्धान गर्न महाकालीमा स्वास्थ्यकर्मीको टोली परिचालन