Wednesday, April 22

एसइईमा कम नम्बर दिएकाे भन्दै विद्यार्थीले शिक्षकलाई कुटे

नेपाल अखबार, सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाको एक सामुदायिक विद्यालयका शिक्षकलाई सोही विद्यालयमा अध्ययनरत केही विद्यार्थीले कुटपिट गरेको छन्।
एसइईमा कम नम्बर दिएको निहुँमा आइतबार दिउँसो सुनकोसी ७ मझुवास्थित गणेश माविका प्रधानाध्यापक र एक शिक्षकमाथि कुटपिट भएको हो। विद्यार्थीले विद्यालयमै गएर शिक्षकमाथि निर्घात कुटपिट गरेका प्रहरीले जनाएको छ।
प्रद्यानाध्यापक नेत्रबहादुर सुनुवार र अंग्रेजी विषय पढाउने शिक्षक चित्रबहादुर भण्डारीमाथि विद्यार्थीले कुटपिट गरेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी रञ्जु सिग्देलले जानकारी दिइन्। कुटपिटमा संलग्न विद्यार्थी फरार छन्।
‘कुटपिटमा संलग्न विद्यार्थीको खोजी भइरहेको छ,’ एसपी सिग्देलले  भनिन्, ‘कुटपिटबाट दुई शिक्षक घाइते हुनु भएको छ। उहाँहरुले आइतबार साँझ जिल्ला प्रहरी कार्यालयमा आएर उजुरी दर्ता गराउनु भएको छ। हामीले उहाँहरुको घाउ जाँच गरेर घटनाको अनुसन्धान सुरु गरेका छौँ।’
नौ जनाको समूहमा आएका विद्यार्थीमध्ये तीन जनाले शिक्षकद्वयमाथि कुटपिट गरेका बताइएको छ।
विद्यार्थीको कुटपिटबाट प्रधानाध्यापक सुनुवार र शिक्षक भण्डारीको नाक, मुखसहित शरीरका विभिन्न अंगमा चोट लागेको छ।

यस वर्षको एसइईमा गणेश माविबाट छात्रछात्रा गरी ६० जना सहभागी थिए। उननीहरुमध्ये नौ जनाको रिजल्ट ‘सी’ आएको विद्यालय प्रशासनले जनाएको छ। यस वर्ष विद्यालयले पठाएको नम्बरर्क आधारमा परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीको ग्रेड निर्धारण गरेको थियो।

रिजल्ट ‘सी’ आएका विद्यार्थीले शिक्षकलाई कुटेका हुन्। नतिजा सी आए पनि विज्ञान विषयबाहेक अन्य विषय पढ्न पाइने भन्दा भन्दै कुरै नसुनी विद्यार्थीले आफूहरुमाथि कुटपिट गरेका पीडित शिक्षकहरुले बताएका छन्। कुटपिटबाट घाइते शिक्षकको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।साेत अखलानखबर

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *