इरफान अली, वीरगन्ज । विगत लामो समय देखिको निषेधाज्ञा तथा कोरोना महामारीका कारण पर्सामा जीवन रक्षक अति आवश्यक औषधिहरुको अभाव हुन थालेको छ ।
स्वास फेर्नलाई साजिलो हुने रामवाण मानिएको औषधिको अभाव वीरगञ्जमा रहेको पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले आफ्नो फेसबुक स्टाट्स मार्फत जनाएका छन् ।
पर्सामा हाल २१०० जना भन्दा बढी कोरोना संक्रमित छन भने २ दर्जन भन्दा बढि संक्रमित वीरगन्जको विभिन्न आईसोलेशनको आइसियुमा राखिएका छन् ।

कोरोना संक्रमित, निमानिया संक्रमित, दमको रागीलाई चाहिने अति आवश्यक ‘अस्थालिन रेस्पाईरेटोरी सोलुसन’ नामक औषधि दिने गरिएको छ । तर विगत केही दिन देखि पर्साको बजारमा यो औषधिको अभाव भएको पर्साका जन सवास्थ्य निरिक्षक जयमोद ठाकुरले जनाएका छन ।
स्वास फेर्न गार्हो हुने कोरोना संक्रमित तथा अन्य दमका रोगीलाई नभई नहुने औषधिको अभावले ज्यानै गुमाउने अवस्था हुन नदिनका लागि स्वास्थ्य निरिक्षक ठाकुरले सम्बन्धित सम्पुर्ण सरोकारवालासँग अपिल गरेका छन् । यस विषयमा जिल्ला प्रशासन तथा स्थानीय निकाय समेत अनविज्ञ रहेका छन् ।


