प्रदेश ४समाचारस्वास्थ्य

गण्डकी प्रदेशमा मंगलबार दिउसो थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा मंगलबार  दिउसो थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयले गण्डकीले मंगलबार दिउसो तेस्रो विज्ञप्ति मार्फत प्रदेशको पर्वत र तनहुँमा एक एक जना संक्रमित थपिएको  जनाएको हो  ।
तनहुँमा संक्रमण पुष्टि हुनेमा आबुखैरेनी ३ का २९ वर्षीय जिप चालक रहेको र पर्वतमा  संक्रमित हुनेमा  कुश्मा नगरपालिकाको क्वारेन्टिनमा रहेका जलजला ७ का ३७ वर्षीय पुरुष रहेको  निर्देशनालयले जनाएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २ सय १० पुगेको छ ।
 

the authoradmin

Leave a Reply