Saturday, April 18

गण्डकी प्रदेशमा बुधबार दिउसो थप १८ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा।  गण्डकी प्रदेशमा बुधबार दिउसो थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार  बुधबार दिउसो कास्कीको  पोखरा १ का २८ वर्षीय पुरुषसहित ५ जिल्लाका  २४  जनामा  कोरोना देखिएको हो ।
संक्रमण पुष्टि हुनेमा  तनहुँ शुक्लागण्डकी की २० वर्षीया महिला , स्याङजा आधिखोलाका २८ वर्षीय पुरुष र नवलपुर देवचुलीकी २३ वर्षीया महिला रहेको निर्देशनालयले जनाएको छ  ।
त्यसैगरी लमजुङको बेसिसहरका  ५  वटा वडाका १३ , २३  र ४४ वर्षीया ३ महिला तथा १८ देखि ४० वर्ष उमेर समुहका ११ पुरुषमा  कोरोना देखिएको निर्देशनालयले उल्लेख गरेको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २ सय ६४  पुगेको छ ।
 

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *