समाचारसमाज

विदेशमा मृत्यु भएका नेपाली जसको परिवारले शव समेत देख्न

नेपाल अखबार,पाेखरा । कास्कीकी ४६ वर्षीया मीनादेवी सुनारले चैतको तेस्रो साता यूएईमा अस्पताल भर्ना भएका श्रीमान्‌सँग फोनमा कुराकानी गरेकी थिइन्। उनलाई वैदेशिक रोजगारमा रहेका श्रीमान् ५० वर्षीय समरबहादुर सुनार चाँडै काममा फर्कनेछन् जस्तो लागेको थियो।
तर चैत २३ गते उनको निधनको खबर आयो। ‘अन्तिम पटक मुख पनि हेर्न पाइँन’, फोनमा कुराकानी गर्दै गरेकी उनको गला अवरुद्ध भयो। अनि, उनले कान्छा छोरा २६ वर्षीय मनोजलाई फोन थमाइन्। समरबहादुर विदेशमा मृत्यु भएका कैयौँ त्यस्ता नेपाली नागरिकमध्ये पर्छन् जसका आफन्तले कोरोनाभाइरस महामारीका कारण अन्तिम संस्कार समेत आफ्नो देशमा गर्न पाएनन्।
समरबहादुरको मृत्युको कारण कोभिड(१९ होइन तर हवाई उडान प्रतिबन्ध एवम् लकडाउनका कारण उनको शव नेपाल ल्याउन नसकिएको परिवारले बताएको छ। कान्छा छोरा मनोजले सामाजिक अपहेलनाको डरले पनि आफ्ना पिताको शव नेपाल नल्याइएको बताए। शव ल्याउन समस्या हुने र महिनौँ लगाएर ल्याए पनि समाजलाई बुझाउन नसकिनेू देखेर पिताको अन्तिम संस्कार यूएईमै गर्ने अनुमति दिएको उनी बताउँछन्।
परिवारको सहमति पाएपछि नेपाल सरकारले समरबहादुरको अन्तिम संस्कार यूएईको दुबईमै गर्न अनुमति दियो। उनका माइला छोरा दुबईमै वैदेशिक रोजगारीमा रहेकाले उनैले समरबहादुरको अन्तिम संस्कार गरे।
मृत्युपछि आफ्नै धार्मिक विधि अनुसार आफन्तले अन्तिम संस्कार गर्ने चलन छ। तर कोरोनाभाइरस महामारी सुरु भएयता कैयौँ नेपाली नागरिकका परिवारले मृत्यु भएका आफन्तको अन्तिम संस्कार गर्न समेत पाएका छैनन्। त्यस्तो क्षण निकै नै पीडादायी र व्यक्त गर्नै नसकिनेु हुने विदेशमा आफन्त बितेर उतै दाहसंस्कार गर्नुपरेका परिवारका सदस्यहरूले बताएका छन्।
थप पीडा हुने भन्दै कुराकानी गरेका समरबहादुरका परिवारबाहेक अन्य त्यस्तै तीन परिवारका आफन्तहरूले परिचय सार्वजनिक नगरिदिन आग्रह गरेका थिए। वैदेशिक रोगजार बोर्डका अनुसार गत चैत ११ गते यता साउन मसान्तसम्म वैदेशिक रोजगारीमा रहेका ५३१ जना नेपालीको मृत्यु भएको छ।
त्यसमध्ये परिवारको सहमतिमा १७६ जनाको सम्बन्धित देशमै दाहसंस्कार गरिएको छ। बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठका अनुसार २५८ जनाको शव नेपालमा ल्याइएको छ भने ९७ जनाको शव विदेशमै छ। बोर्डको तथ्याङ्कमा मृतकमध्ये २७ जनाको कोभिड(१९ का कारण निधन भएको हो। बीबीसी

the authoradmin

Leave a Reply