प्रदेश १समाचारसमाज

विराटनगरमा अस्पतालले भर्ना नगर्दा गर्भवतीको मृत्यु

Nepal Akhabar

नेपाल अखबार, विराटनगर । विराटनगरमा अस्पतालले भर्ना नगर्दा एक गर्भवतीको मृत्यु भएको छ ।
उपचारका लागि बुधबार रातभर विराटनगरका अस्पताल डुलाउँदा भर्ना नगरेपछि धरान पुर्‍याइएकी मोरङको कानेपोखरी गाउँपालिका ५ कि २३ वर्षीय सविना थापा दर्जीको मृत्यु भएको हो । उनको पेटमा सात महिनाको गर्भ थियो ।
उनी मंगलबार राति १० बजेतिर शौचालयमा लडेकी थिइन् । तत्काल अवस्था सामान्य रहे बुधबार अवस्था गम्भीर भएपछि आफन्तले उपचारका लागि विराटनगर ल्याएका थिए ।
विराटनगरको नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज, विराट नर्सिङहोम, ग्रीनक्रस, कोशी अस्पताल, सुरक्षा अस्पताल पुर्‍याए । तर कुनै अस्पतालले भर्ना गर्न मानेनन् । बिहीबार विहान साढे २ बजेपछि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।
एम्बुलेन्समा राखेर रातभर विभिन्न अस्पताल पुर्‍याए पनि कुनैले उपचार गर्न नमानेको सविनाकी आमाजू दुर्गा सुन्दासले बताइन् । बिहीबार बिहान करिब २ बजे धरान लगिएकी सबिनाको केही समयपछि मृत्यु भएको हो ।
गर्भवतीको लडेका कारण मृत्यु भएपछि शव पोस्टमार्टमका लागि बिहीबार साँझ उर्लाबारीको मंगलबारे अस्पताल लगिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताए ।

the authoradmin

Leave a Reply