Wednesday, April 22

सिरहामा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु

नेपाल अखबार,सिरहा । सिरहामा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

जनकपुर प्रादेशिक अस्पतालमा आइतबार राति ९ बजे उपचारको क्रममा ६५ वर्षीय एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

मृतक मिर्चैया नगरपालिका वडा नः ५ को रहेको जनाइएको छ ।
भदौं २१ गाते हिजो उपचारका लागि भर्ना भएका उनको उपचारकै क्रममा आइतबार राति करिब साढे ९ बजे ज्यान गएको जिल्ला स्वास्थ कार्यलय सिरहाले जनाएको छ।
शुक्रबार करोना संक्रमण पुष्टि भएका उनलाई स्वासप्रस्वासमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
यसअघि फुलकुमारी मेमोरियल हस्पिटल कर्जन्हामा भर्ना गराएकाथिए त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि जनकपु  पुगेका उनको अन्तत ज्यान गुमाउनु परेको छ ।
उनी उच्च रक्तचाप र मधुमेह डाइबीटिज बिरामी समेत रहेको थियो ।
योसहित सिरहामा करोनाबाट मृत्यु हुनेको सख्या ९ पुगेको छ। मिर्चैया नगरपालिकामा मात्र ३ जनाले करोनाबाट ज्यान गुमाएका छन्।
 

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *