नेपाल अखबार, एजेन्सि। अमेरिकामा सर्वाधिक धेरै कोरोना संक्रमित पहिचान भएको राज्य हो, क्यालिफोर्निया । अमेरिकाको सर्वाधिक ठूलो जनसंख्या बसोबास गर्ने यस राज्यमा ७ लाख ४१ हजार ४ सय ८६ जनामा कोरोना संक्रमण देखिइसकेको छ । क्यालिफोर्नियामा अहिले गर्मी उच्च छ । अनि, आगलागिका घटना पनि बढिरहेका छन् ।
आइतबार उडल्यान्ड हिल्समा तापक्रम ४९ सेल्सियस पुुग्यो, लस एन्जलस काउन्टीको कुनै पनि भागमा तापक्रम पहिलो पटक यति उच्च रहेको नेशनल वेदर सर्भिसले जनाएको छ ।
तातो र सुख्खा मौसमका कारण यस वर्ष गर्मी सिजनमा क्यालिफोर्नियामा आगलागी निकै बढेको छ । अहिलेसम्म ६ लाख ४७ हजारभन्दा धेरै हेक्टर जमिनमा लागिसकेको छ । तीनवटा ठूला डढेलो यहाँ फरक भागमा विध्वंश मच्चाइरहेको छ ।
त्यहीकारण, सान बर्नार्डिन्होको पूर्वतर्फ शनिबारदेखि सुरु भएको डढेलो निभाउनका लागि ५ सय फायर फाइटर्स र चारवटा हेलिकोप्टर तैनाथ गरिएको थियो । उत्तरी क्यालिफोर्नियामा सैनिक हेलिकोप्टरबाट गत सप्ताहन्तमा २ सयभन्दा बढी मानिसको उद्धार गरिएको थियो ।
त्यस्तै, शुक्रबारबाट सुरु भएको अर्को डढेलो कारण २९ हजारभन्दा धेरै हेक्टरस्केल जमिनमा फैलिइसकेको छ । यसलाई निभाउनका लागि ८ सयभन्दा धेरै तैनाथ छन् । सान डिएगो नजिकबाट फैलिरहेको अर्को डढेंलोले ४ हजारभन्दा धेरै हेक्टरस्केल जमिन सखाप पारिसकेको छ । ११ वटा पूर्वाधार सखखाप भइरहेका छन् । डढेंलोबाट प्रभावित भएका ५ वटा काउन्टीमा आइतबार क्यालिफोर्नियाका गर्भनरले संकटकाल लगाएका छन् ।
Nepal Akhabar > Blog > विश्व > क्यालिफोर्नियामा कोरोनासँगै डढेलोको त्रास, ६ लाख ४९ हजार हेक्टर जमिन सखाप
Leave a reply