Wednesday, April 22

१८ वर्षपछि सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

नेपाल अखबार, पाेखरा। प्रहरीले १८ वर्षपछि सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई बुधबार पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको छ।
पोखरा महानगरपालिका–१७ दोबिल्ला बस्ने ४२ वर्षीय सुरेन्द्र गिरी सवारी ज्यान मुद्दामा अदालतबाट कैद सजाय तोकिएर लामो समय लुकीछिपी बस्दै आएकामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।
चूडकबहादुर घिमिरेको जाहेरीमा ज्यान मुद्दामा चितवन जिल्ला अदालत तथा पुनरावेदन अदालत हेटौँडाको विसं २०५९ फागुन १२ गतेको फैसलाले चार वर्ष ११ महिना पाँच दिन कैद सजाय तोकिएका गिरी फरार थिए।

पेशाले ड्राइभर उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *