प्रदेश २प्रशासनसमाचार

बाराका पत्रकार वीरेन्द्र साहका हत्या आरोपी पक्राउ

Nepal Akhabar

इरफान अलि, बारा । बाराका पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न फरार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोल्हवी नगरपालिका–४ का हरेराम पटेल भन्ने हरेराम प्रसाद कुर्मी रहेका छन् ।
कुर्मीलाई बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले सुराकीको आधारमा पक्राउ गरिएको बाराका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले  जानकारी दिए ।
लुकिछिपी बसेका कुर्मीलाई कोल्हवी नगरपालिका– सपही टोलबाट पक्राउ गरिएको एसपी पंगेनीले बताए । उनले भने, ‘पक्राउ परेका कुर्मीमाथि थप अनुन्धान भइरहेको छ ।’
कुर्मीलाई जिल्ला अदालत बाराबाट म्याद थप्ने तयारी भइरहेको प्हरीले जनाएको छ । कोल्हवी नगरपालिका बाराको सदरमुकाम कलैयादेखि २० किलोमिटर उत्तर पूर्वमा पर्छ ।

the authoradmin

Leave a Reply