Thursday, April 23

आजको मौसम पूर्वानुमान

नेपाल अखबार, पाेखरा। मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।
महाशाखाका अनुसार आज मनसुनको  न्यून चापीय  रेखा  औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ । यसैगरी पश्चिम बंगालमा न्यून चापिय क्षेत्रमा अबस्थित छ।
जारी मौसम पूर्वानुमानका अनुसार हाल  देशभर सामान्य देखि पूर्ण बदली भई केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र गण्डकी प्रदेशका एकरदुई  स्थानमा  भारी  वर्षा भईरहेको छ ।
यसैगरी, महाशाखाले दिउँसो  देशभर  सामान्यतयादेखि पूर्ण बदली रही  केही  स्थानहरूमा  मेघगर्जन, चट्याङ्गसहित  हल्कादेखि मध्यम  वर्षाको  सम्भावना रहेको  छ ।  भने, प्रदेश १ , प्रदेश २,  बागमती प्रदेश  र गण्डकी प्रदेशका  एक वा दुई  स्थानमा  भारी  वर्षाको  सम्भावना रहेको छ ।
यस्तै राति,  देशभर  सामान्यतया  बदली  रही  केही    स्थानहरूमा  मेघगर्जन, चट्याङ्गसहित  हल्कादेखि मध्यम  वर्षाको  सम्भावना रहेको  छ ।
यता, प्रदेश १ ,बागमती प्रदेश र प्रदेश ५ का  एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *