Thursday, April 23

नेपालमा एकैदिन १४ सय ५४ कोरोना संक्रमित थपिए

नेपाल अखबार, पाेखरा। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।
यो नेपालमा एकै दिन संक्रमित हुनेमध्येको अहिलेसम्मकै उच्च संख्या हो।
प्रवक्ता गौतमका अनुसार नेपालमा आज सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ रहेको छ।
आज १० हजार ७०१ जनाको पीसीआर परीक्षण गरिएको छ।  योसँगै नेपालमा ८ लाख २१ हजार १८६ पीसीआर परीक्षण भएको छ। त्यस्तै ६ हजार ७८ जना क्वारेन्टिनमा रहेका छन्।
पछिल्लो २४ घण्टामा थप ९७२ जना कोरोना संक्रमित निको भएसँगै नेपालमा कोरोना निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ।
यो कुल संक्रमितको ७१ प्रतिशत हो।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *