समाचारसमाज

रोल्पामा पहिरोले पुरेर दुई बालकको मृत्यु

नेपाल अखबार, रोल्पा  । गएराति रोल्पाको ऐते गाउँमा पहिरोले गोठ बगाउँदा गोठमा सुतिरहेका दुई बालकको मृत्यु भएको छ ।
जिल्लाको लुङ्गी गाउँपालिका वडा नम्बर १ ऐते गाउँका ज्ञानसिङ्ग घर्तिको गोठ माथिबाट आएको पहिरोले बगाउँदा गोठमा सुतिरहेका उनका ११ बर्षिय छोरा युवराज र ८ बर्षिय अर्का छोरा अमर घर्तिको ज्यान गएको हो ।
घटनाको पुष्टि गर्दै रोल्पाका प्रहरीले प्रमुख डिएसपी नरेश सुबेदीले तिलाचौर र सुलिचौरबाट गएको प्रहरी टोलीले  दुई बालकको शव निकालेको जानकारी दिए ।
बालकहरुसँग सुतेका अन्य दुई जनाको सकुशल उद्धार गरिएको उनले जानकारी दिए ।

the authoradmin

Leave a Reply