Wednesday, April 22

छोराद्धारा ५० वर्षीया आमाको बन्चरो प्रहार गरी हत्या

नेपाल अखबार, झापा।  झापामा छोराले आमाको हत्या गरेका छन् । कमल गाउँपालिका–७ मा आइतबार साँझ ७ बजेतिर छोराले आमाको हत्या गरेका प्रहरीले जनाएको छ ।
बाह्रघरे नजिकै मुसहर बस्तीका २१ वर्षीय दिनेश ऋषिदेवले बञ्चरोले हानेर ५० वर्षीया आमा मीरा ऋषिदेवको हत्या गरेका हुन्।
रक्सी खाएर घर आएका दिनेश र आमाबीच विवाद भएको थियो। त्यस क्रममा दिनेशले बञ्चरोले हान्दा घटनास्थलमै मीराको मृत्यु भएको दमकस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।
रक्सीको मातमा दिनेशले आमालाई अन्धाधुन्ध बञ्चरोले हानेको वडाध्यक्ष पृथ्वीपति राईले जानकारी दिए।हत्या गर्ने छोरालाई गाउँलेले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *